कोहलपुर ।
नेकपा एमालेले कोहलपुर नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएको छ ।
नगरका १५ वडामध्ये १२ वटा वडामा एमालेले सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएको हो । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारहरु टुङ्गो लगाएको नेकपा एमाले कोहलपुर नगर कमिटीले जनाएको छ ।
वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेर नाम माथिल्लो कमिटीमा सिफारिस गरेका हुन् । वडाध्यक्षको लागि वडा नम्बर १ बाट रुद्र खनाल, वडा नम्बर ३ बाट माधव रिजाल, वडा नम्बर ४ बाट सफि मोहम्मद गुजर, वडा नम्बर ५ बाट दिपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ बाट परदेशी थारु सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ बाट ठग्गा थारु, वडा नम्बर ९ बाट नन्दराम थारु, वडा नम्बर १० बाट हेमकुमार रावत, वडा नम्बर १२ बाट टेकबहादुर शाही, वडा नम्बर १३ बाट रुपसिंह डाँगी, वडा नम्बर १४ बाट ज्ञानेन्द्र थापा र वडा नम्बर १५ बाट मोहन थारुलाई वडाध्यक्षको उम्मेदवारको लागि सिफारिस गरिएको छ ।
वडा नम्बर २, ८ र ११ मा आकांक्षीहरु धेरै भएकोले सर्वसम्मत रुपमा वडाध्यक्षसहित अन्य उम्मेदवार सिफारिसमा ढिलाई भएको एमालेका सम्बन्धित वडा कमिटीहरुले जनाएका छन् ।
वडाध्यक्ष सर्वसम्मत रुपमा चयन भएर माथिल्लो कमिटीमा सिफारिस गरिएका १२ वटै वडामा सदस्यका उम्मेदवार समेत सर्वसम्मत भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्