कोहलपुरको मेयरमा एमालेबाट तीन जनाको नाम सिफारिस



कोहलपुर ।

नेकपा एमाले कोहलपुर नगरपालिकाले कोहलपुरको मेयरको उम्मेदवार छनोटका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको नगर कमिटीको बैठकले नगर अध्यक्ष खिलप्रसाद भुषालसहित तीन जनाको नाम सिफारिस गरेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष भुषाल, बसन्ती अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार