गुलरियाकी उपप्रमुख गिरी एमालेमा प्रवेश गरिन्



बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसबाट निर्वाचित उपमेयर सुशीला नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनी दुईजना वडाअध्यक्षसहित एमालेमा प्रवेश गरेकी हुन्।

गिरीलाई बिहीबार गुलरियामा आयोजित नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।

एमालेमा प्रवेश गरेकी गिरी कांग्रेसको भ्रातृसंगठन नेपाल महिला संघकी पूर्वसभापति पनि हुन्।

उनीसँगै कांग्रेसबाट गुलरिया वडा नम्बर ६ मा निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गरेका छन्। ‌ओलीले त्यसक्रममा उनीहरुलाई पुरानै घरमा फर्केको बताएका थिए।

त्यहाँ नेकपा एकीकृत समाजवादी, कांग्रेस र माओवादीबाट २ हजार भन्दा धेरै कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २४ गते बिहीबार