१२ घण्टा नहुँदै फेरि एमालेमै फर्किए वडाध्यक्ष सुनार



नेपालगन्ज ।

बाँकेस्थित खजुरा गाउँपालिकाका वडाअध्यक्ष एवम एमालेका युवा नेता तिलकबीर सुनार एमालेमै फर्किएका छन् । उनले पार्टीभित्रको विवादबारे असन्तुष्टी जनाउँदै एमाले त्यागेको घोषणा गरेका थिए ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेका पुर्वसंयोजक रहेका उनी खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पनि हुन् । एमाले बाँकेका सचिव रत्न खत्रीसँग उनको विवाद बढेको थियो । सोही विवादले उग्र रुप लिदाँ उनले पार्टी नै त्यागेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गरेको सार्वजनिक गरेका सुनारले सामाजिक सञ्जालमै पुनः लेखेर एमालेमा फर्केको जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार