नेकपा एमाले बाँकेका युवा नेता तथा खजुरा गाउँपालिका वडा नम्बर– ४ का वडाध्यक्ष तिलकबीर सुनारले एमाले परित्यागको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
‘नेकपा एमाले बाँके पार्टी सचिवद्धारा म प्रति गरिएको अभिव्यक्ति तपाईं नभए पनि पार्टी चल्छ भन्ने शब्दलाई कार्यान्वयन गर्दै आजबाट नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
वडाध्यक्ष सुनार र एमाले बाँकेका सचिव रत्न खत्रीबीचको विवादका कारण सुनारले एमाले परित्यागको घोषणा गरेको हुनसक्ने एमाले बाँकेका नेताहरु बताउँछन् ।
प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार










प्रतिक्रिया दिनुहोस्