नेपालगन्ज ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज नेपालगन्ज आउने भएका छन् ।
केन्द्रका नेता एवं बाँकेका व्यवसायीक अगुवा दामोदर आचार्यको स्मृतिमा आयोजना हुने श्रद्धान्जलीसभामा सहभागी हुन प्रचण्ड नेपालगन्ज आउन लागेका हुन् ।
स्वर्गीय आचार्यको मृत्यु भएको १३ दिन पुगेकै दिन आचार्य निवासमा माओवादी केन्द्र बाँकेले राखेको श्रद्धान्जलीसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सहित माओवादी प्रवक्ता कृष्णबहादुर महरा लगायतका नेता नेपालगन्ज आउने माओवादी केन्द्रकी बाँके ईन्चार्ज पूर्णाकुमारी सुबेदीले जानकारी दिईन् । ‘शोकमा सरिक हुन आउन लाग्नुभएका कारण अध्यक्षको अन्य कुनै औपचारीक कार्यक्रम राखिएन ।’ उनले भनिन् ।
औपचारीक कुनै कार्यक्रम नराखिएपनि आन्तरिक कार्यकर्ता भेटघाट र नेपालगन्जमा उपलब्ध पार्टीका कार्यकर्तालाई निर्देशनात्मक प्रशिक्षण दिने अनौपचारीक कार्यक्रम राखिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य र नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको क्यान्सर रोगबाट ५९ वर्षको उमेरमा निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्