नरैनापुर गाउँपालिकामा १५ शैड्ढयाको अस्पताल निर्माण हुने भएको छ । अस्पताल भवनको सोमबार नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले शिलान्यास गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर–४ को जयरामपुर्वामा १५ शैड्ढयाको अस्पताल निर्माण हुन गइरहेको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । सोही क्रममा सोमबार अस्पताल भवनको शिलान्यास गरिएको थियो ।
लेखापाल अधिकारीका अनुसार भ्याटसहित अस्पताल भवन निर्माणको लागि १६ करोड ९७ लाख ५१ हजार ३ सय ५४ रुपैयाँ ५८ पैसामा सम्झौता भएको छ । अस्पताल भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष शाहले भवन निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने बताए ।
‘यहाँका जनतालाई स्वास्थ्य सेवा दिन समयमै भवन बनेर अस्पताल सञ्चालनमा आउनुपर्छ,’ उनले भने, ‘भवन निर्माणमा कुनै ढिलाइ नहोस् ।’
अस्पताल भवन निर्माणको लागि २०८० असोज १० गते निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।










प्रतिक्रिया दिनुहोस्