नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किचेर एक वृद्धको ज्यान लिएको छ ।
राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परकै सुरक्षाकर्मीकै अगाडी वृद्धको किचेर ज्यान लिएको हो ।
टिप्परले वृद्धलाई ठक्कर दिएको स्थान प्रहरी पोस्टदेखि १० मिटर टाढा रहेको छ ।
स्थानीयकाअनुसार तीव्र गतिमा रहेको टिप्परले घिर्सार्दै केही मिटरसम्म लगेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्