गाभर भ्यालीमा भोजन मेला र होमस्टे सम्मेलन सुरु (फोटोफिचर)



नेपालगन्ज ।

बाँकेको गाभर भ्यालीमा शनिबारदेखि मौलिक भोजन मेला सुरु भएको छ । दुई दिनसम्म चल्ने मेलाको लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले उद्घाटन गरेका थिए ।

उनले एक सय सात वर्ष पुरानो कोलमा तेल पेलेर मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले पर्यापर्यावरणको जर्गेनामा होमस्टे तथा रैथाने खानाले ठूलो भूमिका खेल्ने बताए । ‘रैथाने खानालाई हामीले संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘नेपाली मौलिक संस्कृति तथा भेषभुषा पहिचानका लागि होमस्टेले आफ्नो दायरालाई अझ फराकिलो बनाउँदै लानुपर्छ ।’

मेलामा लुम्बिनी प्रदेशसहित यस क्षेत्रका रैथाने खानाका परिकारहरु राखिएको छ । पत्रु खानाको संस्कृति रोक्न र स्थानीय खानाको प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मौलिक भोजन मेला मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

उनका अनुसार मेलामा मौलिक भेषभुषा र कलासंस्कृतिको प्रदर्शनीसमेत भएको थियो । मेला उद्घाटन पूर्व विभिन्न भेषभुषा झकिल्ने झाँकीसमेत निकालिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार