नारामै सीमित राप्तीसोनारी गाउँपालिकाः थोरै पूरा, अधिकांश अधुरा



सुकुम्बासी, भूमिहीनलाई लालपूर्जाको प्रमाणपत्र वितरण हुन सकेन । निःशुल्क शिक्षा प्रदान गर्ने र सुलभ स्वास्थ्य सेवाको नाराले समेत सार्थकता पाउन सकेको छैन ।

शिक्षा विकासको नाममा कार्यकालको अन्त्यतिर छात्रालाई साइकल वितरण गरेर आफ्नो कमजोरी लुकाउन खोजिएको विषय लुकेको छैन । साइकल वितरणका नाममा पार्टीका कार्यकर्ता रिझाउने काम मात्रै भयो ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्दा लाहुराम थारुको प्रतिबद्धता थियो, ‘गाउँपालिकामा विद्युतीकरण, सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र, निःशुल्क शिक्षा तथा सुलभ स्वास्थ्य सेवा ।’ यस्तै नेपालगन्जसँग राप्तीसोनारीलाई जोड्न पक्की सडक, युवालाई रोजगारी, राप्तीसोनारीलाई औद्योगिक तथा पर्यटकीय क्षेत्र बनाउने उनको आश्वासन थियो ।

लाहुराम १६ वटा चुनावी एजेण्डा लिएर मतदातासम्म पुगेका थिए । यहाँका मतदाताले उनलाई विश्वास गरेर विजयी पनि गराए । अध्यक्षमा लाहुराम थारुले आठ हजार दुई सय ३६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम थारुको मत ६ हजार नौ सय थियो । भौगोलिक क्षेत्रफलका हिसाबले मुलुककै सबैभन्दा ठूलो गाउँपालिका भनिएको राप्तीसोनारीको कूल ९ वटा वडामध्ये कांग्रेसले पाँच, माओवादीले तीन र एमालेले एउटा वडामा जितेको थियो ।

उनी निर्वाचित भएको पाँच वर्ष बित्नै लाग्यो, कार्यकाल समाप्तिमा रहेका थारुले गरेका कतिपय चुनावी ऐजेण्डा अझै पूरा हुन सकेका छैनन् । उनलाई चुनावताका जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको आरोप लाग्ने गरेको छ । हुन पनि उनले सुकुम्बासी, भूमिहीनहरुलाई लालपूर्जाको प्रमाणपत्र वितरण गर्छु भनेर चुनाव जितेका थिए । कार्यकाल सकिनै लाग्दासमेत लालपूर्जा वितरणको कुनै छनक देखिँदैन । निःशुल्क शिक्षा प्रदान गर्ने र सुलभ स्वास्थ्य सेवाको नाराले समेत सार्थकता पाउन सकेको छैन ।

शिक्षा विकासको नाममा कार्यकालको अन्त्यतिर छात्रालाई साइकल वितरण गरेर आफ्नो कमजोरी लुकाउन खोजिएको विषय लुकेको छैन । उनी साइकल वितरणलाई शिक्षाको क्षेत्रमा भएको सबैभन्दा ठूलो उपलब्धि ठान्छन् । तर, साइकल वितरणका नाममा पार्टीका कार्यकर्ता रिझाउने काम मात्रै भयो ।

पाँच वर्षभित्रै आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने आश्वासनसमेत उनले पूरा गर्न सकेनन् । कार्यकाल सकिनै लाग्दा १५ शैड्ढयाको अस्पताल निर्माण कार्य त सुरु भएको छ । त्यो कहिले निर्माण सम्पन्न हुने हो टुंगो छैन । राप्तीसोनारी अहिलेसम्म जिल्ला सदरमुकाममा जोडिन नसकेको पालिका हो । उनले चुनावको बेला सडक मार्गमार्फत नेपालगन्जसँग जोड्ने आश्वासन जनतालाई दिएका थिए । उनले पाँच वर्षको अवधिमा राप्तीसोनारीमा सबैभन्दा धेरै सडक विस्तार भएको जानकारी दिए ।

विद्युतीकरण लाहुरामको प्राथमिकता थियो । कहिलेसम्म ९० प्रतिशत विद्युतीकरण सम्पन्न भएको उनको दाबी छ । राप्तीसोनारीका वडाहरुमा विद्युतीकरणको पहुँच पुगे पनि स्थानीय सरकारको मात्रै लगानी पक्कै होइन । राप्तीसोनारीमा विद्युतीकरणका लागि प्रदेश र संघीय संसद् विकास कोषबाट समेत सहयोग प्राप्त भएको थियो ।

यसलाई गाउँपालिकाको नमुना काममध्येको एक भनेर चर्चा गर्ने गरिन्छ । स्वास्थ्य क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन, बालबालिकाको हकहितका लागि बाल सुधारगृह निर्माण, सडक निर्माण, पूर्वाधार विकास, खानेपानीको पहुँच जस्ता योजना योजनामै सीमित भए । बालविवाह, विद्यालय छोड्ने दर उच्च रहेको तथा बालबालिकाका लागि जोखिमयुक्त अवस्थामा रहेको राप्तीसोनारीमा बालसुधार गृह निर्माण गर्ने योजना अहिलेसम्म चुनावी ऐजेण्डाकै रुपमा सीमित छ । अध्यक्ष थारु चार वर्षमा आफ्ना बहुसंख्यक योजना कार्यान्वयन भएको दाबी गर्दछन् ।

अध्यक्ष थारुले आफूले गरेका शीर्षकगत विकासको फेहरिस्त सुनाउँदै २८ वटा विद्यालय भवन निर्माण, छात्रालाई साइकल वितरण र अस्पताल निर्माण सुरु हुनु, सुत्केरी भत्ता र भवन निर्माणलाई स्वास्थ्य क्षेत्रको उल्लेख्य प्रगति भनेका छन् । कृषकलाई ५० प्रतिशत अनुदान वितरण उनको नजरमा कृषि क्षेत्रमा भएको महŒवपूर्ण उपलब्धि हो । जबकी केन्द्रदेखि प्रदेश र स्थानीय तहमा अनुदान कार्यक्रम कार्यकर्ताको भागबण्डाको माध्यम भएको छ । पशुपालन व्यवसाय राप्तीसोनारीको प्रमुख व्यवसाय हो । पशुपालनको लागि स्थानीय सरकारले अनुदानदेखि सहयोगको काम गरेको उनले बताए ।

राप्तीसोनारीलाई औद्योगिक तथा पर्यटकीय क्षेत्र बनाउने लाहुराम थारुको प्रमुख चुनावी एजेण्डा थियो । पर्यटकीय दृष्टिले राप्तीसोनारी जिल्लामै अग्रस्थानमा रहेको पालिका हो । सिक्टा सिँचाइ आयोजना, राप्ती नदीमा ¥याप्टिङको व्यवस्था गर्नेदेखि विभिन्न मठमन्दिर पर्यटकीय गन्तव्यका रुपमा छन् । कुशुमदेखि अगैयाँ पुग्न चार घण्टाको बाटो छ । राप्तीमा बोटिङको सम्भावना रहे पनि स्थानीय सरकारको स्पष्ट भिजन र मिसनको अभावमा पर्यटकीय क्षेत्रको विकास अपेक्षाकृतरुपमा हुन नसकेको हो ।

सम्पूर्ण वडामा मठमन्दिर रहेको, बर्सेनि भारतलगायतका देशबाट समेत पर्यटक आउने तथा होमस्टेको राम्रो सम्भावना राप्तीसोनारीमा रहेको छ । राप्तीसोनारीलाई धार्मिक हब बनाएन आन्तरिक पर्यटक भिœयाएर आम्दानी गर्न सकिने भए पनि संरक्षण, प्रवद्र्धन, पुनर्निर्माणलगायतमा स्थानीय सरकार चुकेकै हो । राप्तीसोनारीको आन्तरिक स्रोतको रुपमा त्यहाँको गिट्टी, बालुवाको वैधानिक उत्खननमार्फत समृद्धिको यात्रा तय गर्न सकिने भए पनि यसमा स्थानीय सरकार निरीह सावित भयो ।

यस्ता प्राकृतिक सम्पदा बिचौलियाको हातमा परे । अन्य पालिकाको तुलनामा विवादित पृष्ठभूमि नभएका, त्यागी र सरल नेता थारुले ऐतिहासिक कार्यकालमा ऐतिहासिक काम गरेर सफल नेताको परिचय बनाउने अवसर थियो । तर, उनी पूर्णतः सफल र असफल भएनन् । उनको कार्यकाल औषत रह्यो ।

नारामै सीमित

२० वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन भयो । लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा जनताले उत्साहजनकरुपमा सहभागिता जनाए । राप्तीसोनारीमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न भयो ।

पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जित्यो । लामो समयपछि भएको निर्वाचनमा राजनीतिक दल र उम्मेदवार निकै उत्साहका साथ स्थानीय तहमा आएका थिए । तर, उनीहरुले अपेक्षाकृतरुपमा जनताको पक्षमा काम गर्न सकेनन् । फलतः स्थानीय सरकारले संघीयता कार्यान्वयनमा महŒवपूर्ण भूमिका त खेले । तर, विकास र समृद्धिका नाराअनुसार काम गर्न सकेनन् । पाँच वर्षको अवधिमा उनीहरुले के–के काम गर्न सके त ? बहस र समीक्षा विषय यही हो ।

राप्तीसोनारीको पाँच बर्से यात्रालाई हेर्दा महŒवाकांक्षी योजनामा रुमलिरहेको देखिन्छ । त्यहाँका पाँच वर्षका नीति तथा कार्यक्रमलाई हेर्दासमेत सुन्दर नारा र बान्की मिलाएको पाइन्छ । तर, नीति तथा कार्यक्रमको जगमा टेकेर अगाडि बढेको देखिँदैन । जस्तो की गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ‘व्यावसायिक कृषि, ग्रामीण पर्यटन तथा दिगो पूर्वाधार: विकासमा सबैको एकता समृद्ध राप्तीसोनारी गाउँपालिका हाम्रो प्रतिबद्धता’ मूल नारा थियो ।

यसैगरि ‘योजनाबद्ध र बलियो पूर्वाधार: दिगो विकासको पहिलो आधार’ भनेर पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिइएको थियो । पाँच वर्षको अवधिमा अन्धाधुन्ध सडकको ट्याक खोल्ने काम त भयो । विकासले सार्थक रुप लिन सकेन । रणनीतिक महŒवका सडक र क्रमागत आयोजनालाई प्राथमिकता दिने भनिए पनि गाउँपालिकालाई जिल्लाको केन्द्रसम्म जोड्ने सडकले अझै सार्थकता पाउन सकिरहेको छैन ।

विद्युत् तथा वैकल्पिक उर्जामार्फत विद्युतीकरणलाई प्राथमिकता दिएको गाउँपालिकाले सबै वडामा विद्युत् बाल्न भने सफल भएको छ । गरिबी निवारणका लागि ‘समृद्धिको आधार सहकारी ः हात हातमा सीप व्यक्तिलाई रोजगारी’ भन्ने नारा जपेर त्यहाँका नागरिक बेरोजगार भएर बस्न सकेका छैनन् ।

‘हामी तिरेको कर ः हाम्रै विकासका लागि’ भन्ने नारामा अनुसार गाउँपालिकाले सफलता हात पार्न सकेन । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा उल्लेख गरिएका विद्युत् पूर्वाधार निर्माण, कृषि पूर्वाधार विकास गर्नेदेखि पर्यटन केरिडोर बनाउनेसम्मका नारा थिए । युवा आत्मनिर्भरता कार्यक्रम, युवा स्वरोगार कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने भनिएपछि पाँच वर्षको अवधिमा गाउँपालिकाले कति जनालाई रोजगारी दियो भन्ने कुराको एकिन तथ्यांक गाउँपालिकासँगै छैन ।

जीवननोपयोगी सीपमूलक, व्यावसायिक र गुणस्तरीय शिक्षाका नारा कनिका छराइमा सीमित हुन पुगे । ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा विशेष छुट भन्ने नारा नारामै सीमित भयो । हस्पिटल निःशुल्क उपचार र घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भन्ने नारा गाउँपालिकाको थियो । अस्पताल निर्माणाधीन छ ।

राज्यले दिने सामाजिक सुरक्षा भत्ता बाँड्दा जनतालाई झुक्याउन फोटो सेसन नै चलाएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा पनि योजनाबद्ध र वातावरणमैत्री पूर्वाधार, दिगो विकासको पहिलो आधारको नारा दोहोरिरह्यो । पूर्ण सरसफाइ गाउँपालिका घोषणाका कार्यक्रम सुरु गर्ने भनिए पनि सुरु भएनन् । यी सबै कार्यक्रम उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेकी थिइन् ।

आर्थिक वर्ष २०७७/०८७ मा भने अध्यक्ष लाहुराम थारुले नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त वर्ष राप्तीसोनारीको नारा ‘समृद्ध राप्तीसोनारीको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने थियो । बैजापुर स्वास्थ्य चौकीमा १५ शैड्ढयाको अस्पताल निर्माण सुरु गर्ने भनिएको थियो । अहिले अस्पताल निर्माण भइरहेको छ । कार्यकर्ता रिझाउन ल्याइएको ‘उपाध्यक्ष पोषण कार्यक्रम’ दिगो कार्यक्रम होइन । पूर्ण साक्षर घोषणा उन्मुख गाउँपालिका बनाउने कार्यक्रम नारामै सीमित छ ।

‘सार्वजनिक विद्यालयमा मेरो दिन कार्यक्रम’ बनाउने भन्ने कार्यक्रमका बारेमा कतिपय जनप्रतिनिधि नै अनविज्ञ छन् । प्रदेश सरकारको ‘एक घर एक धारो’ कार्यक्रमलाई लागू गर्ने नीति नीति मै सीमित भएको छ । कृषि उत्पादन उत्पादकत्व वृद्धि ७५ प्रतिशत र ५० प्रतिशत अनुदान दिने कार्यक्रम आसेपासेको पोल्टामा गएर सकियो ।

पहिलो वर्षदेखि नै ‘कर तिरौँ गाउँ विकासमा योगदान गरौँ’ भन्ने नारामा परिणत गरियो । गाउँको सुरक्षा र सार्वजनिक सम्पतिको संरक्षण गर्न नगर प्रहरी व्यवस्था गर्ने भनिए पनि कार्यान्वयन हुन सकेन । भाषा र संस्कृतिको सम्मान र गाउँपालिकामा रहेको विभिन्न धार्मिक तथा ऐतिहासिक महŒव बोकेका विकास तथा प्रचारप्रसार भनिए पनि खास्सै उपलब्धिमूलक देखिएन । ‘हाम्रै सडक ः हाम्रै लगानी’ नारा गाउँपालिकाको महŒवाकांक्षी योजना हो ।

चालू आर्थिक वर्ष २०७८/०७९ मा ‘हाम्रो राप्तीसोनारी, राम्रो राप्तीसोनारी’ भन्ने नारा छ । ‘सुन्दर समृद्ध र आत्मनिर्भर गाउँपालिका’ भन्ने नारा बनाएपछि त्यसको स्पष्ट न खाका र न त भिजन नै । अहिलेसम्म के–के मा आत्मनिर्भर भयो भन्ने कुराको ठोस जवाफ गाउँपालिकासँग छैन ।

आमासँग उपाध्यक्ष, स्वास्थ्यमा लगानी, राप्तीसोनारीको सुनौलो बिहानी, गुणस्तरीय र जीवनोपयोगी शिक्षामा लगानी, विद्यालयमा मेरो एक दिन, दक्ष शिक्षक र नियमित विद्यार्थी: प्रभावकारी शिक्षण गुणस्तरीय सिकाइ, आत्म अनुशासनको लागि खेलकुद, एक घर एक बिरुवा, टोलटोलमा कृषक समूह: गाउँगाउँमा सहकारी, खेती गरौँ भकारी भरौँ, हाम्रा बालबालिका राम्रा बालबालिका नारासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने भने दर्जनौ नारा छन् ।

यस्तै राप्तीसोनारीको धन: वन र पर्यटन, भाषा र संस्कृतिको सम्मान ः लुकेका प्रतिभाको पहिचान गर्ने भनिएको छ । गाउँपालिकाको नेतृत्वले अभूतपूर्व विकास भएको दाबी गरे पनि जनताले अपेक्षाअनुसारको विकास हुन सकेको छैन ।

विकासको लहर सुरु भयो
लाहुराम थारु
अध्यक्ष, राप्तीसोनारी गाउँपालिका

विद्युतीकरण सम्पन्न भएको छ । लालपूर्जा वितरणको कार्यविधि तयार भएको छ । संघीय सरकारले तयारी गरेकोले हामीले गरेनौँ । जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने सडक निर्माण सुरु भएको छ ।

पर्यटकीय गन्तव्य विकासका आधार तयार हुँदैछन् । स्वास्थ्य सेवा प्रदान गर्नका निमित्त सबै वडामा स्वास्थ्य चौकी निर्माण र एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ । अस्पताल निर्माण सुरु भएको छ । जसले मलाई असफल भन्नुभयो, उहाँलाई धन्यवाद । यो विरोधका लागि मात्रै गरिएको विरोध हो । मैले काम गरेर देखाएको छुँ । म चुनाव प्रसारमा जाँदा आफ्नै गाडी धकेल्नु पथ्र्याे ।

अहिले सडकैसडक निर्माण गरेको छँु । पाँच वर्षको अवधिमा राप्तीसोनारी गाउँपालिकाले २० वर्षमा हुन नसक्ने विकास गरेको छ । राप्तीसोनारीमा विकासको लहर सुरु भएको छ । मेरो कार्यकाल एकदम सफल भएको छ

अपेक्षाकृतरुपमा विकास भएन
तुलसीराम थारु
अध्यक्ष पदका प्रत्याशी, एमाले

राप्तीसोनारीमा अपेक्षाकृतरुपमा विकास भएन । किन भने गाविस हुँदा थोरै बजेट आउथ्यो । अहिले बढी बजेट आउँछ । बजेटअनुसारको विकास हेर्दा विकास हुन सकेको छैन । पहिला जे थियो, अहिले पनि त्यही छ । बाटोहरु अझै धुलोमय छन् । लक्षित वर्गको बजेट सही सदुपयोग हुन सकेन । पाँच वर्ष कांग्रेसको मनोमानी चल्यो ।

मेरो नजरमा राप्तीसोनारी पाँच वर्ष पहिले जस्तो थियो, त्यस्तै छ । साधन स्रोतले भरीपूर्ण गाउँपालिका हो । यहाँ गिट्टी, बालुवा, वन जंगल सबै थियो । तर उपभोग गर्न सकेन । राप्तीसोनारी अघि होइन पछि प¥यो ।

स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन तथा पर्यटन क्षेत्रमा खास्सै परिवर्तन भएको छैन । बजेटको सही सदुपयोग भएन । रोजगारीको सिर्जना गर्ने भन्ने नारा त छन् । तर कतिले रोजगारी पाए त ? कुनै रेकर्ड छैन । पुँजीगत बजेटले बन्ने विकास निर्माणमा निरासाजनक छ ।

नेतृत्व एकलौटी रुपमा चल्यो
पट्टु थारु ‘प्रदीप’
अध्यक्षका प्रत्याशी, माओवादी केन्द्र

गाउँपालिकाले आउने बजेटअनुसार जसरी विकास हुनुपर्ने हो, सोहीअनुसारको विकास गाउँपालिकामा भएन । गाउँपालिकामा ठूलो भ्रष्टाचार भएको छ । मनोमानी ढंगबाट बजेट विनियोजन गर्ने, आफ्ना निकटलाई बाड्ने काम भयो ।

उहाँले चुनावमा जुन प्रतिबद्धता गर्नु भएको थियो । त्यसअनुसार काम नै भएन । गाउँपालिकाको विकास सन्दर्भमा उहाँले हामीसँग कहिल्यै समन्वय गर्नु भएन । वडामा पनि आफ्ना मान्छेहरुलाई बोलाएर गुपचुपकै निर्णय गर्ने काम भयो ।

वडादेखि गाउँपालिकासम्म अरु दलसँग कहिले पनि सल्लाह र समन्वय भएन । मैले व्यक्तिगतरुपमा पनि सबैसँग मिलेर जाऔँ भन्दा सुनुवाइ भएन । अध्यक्षज्यूसँग भेटघाट भइरहन्छ । उहाँले हामीले भनेको कुरा कार्यान्वयन गर्नुनै हुँदैन । त्यसैले पछिल्लो समय मैले विकास निर्माणका विषयमा कुरा नै गर्न छोडिदिए ।

हामीले भनेको सबै मान्नुपर्छ भन्ने पनि होइन तर, सहकार्य र समन्वय कहिल्यै भएन । गाउँपालिकालाई दीर्घकालीन महŒव राख्ने विषयमा समेत सल्लाहको वातावरण कहिल्यै सिर्जना गरिएन । योजना छनोटमा हामीलाई कहिल्यै बोलाइएन । सारमा भन्दा पाँच वर्ष एकलौटी चल्यो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ९ गते बुधबार