कोहलपुरमा हप्तौदेखि थुप्रिएको फोहोर युवाहरुले उठाए (फोटो फिचर)



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको एक युवाहरुको समूहले बजार क्षेत्रको फोहोर व्यवस्थापन गरेको छ । लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएका भन्दै युवाहरुको एक समूहले फोहोर व्यवस्थापन गरेको हो ।

लामोसमयसम्म फोहोर व्यवस्थापन नहुँदाँ बजार क्षेत्र दुर्गन्धित बन्दै गएको थियो । बजार क्षेत्रमा उचित फोहोर व्यवस्थापन नहुँदा कोहलपुर नगरपालिका आलोचित हुने गरेको छ । एक निजी कम्पनीसँग फोहोर व्यवस्थापनको लागि सम्झौता भएको भएपनि आपसी झमेलाका कारण निरन्तर फोहोर उठ्न सकेको छैन ।

गर्मीयाम बढेसंगै फोहोर नउठ्दा संक्रमणको जोखिम रहेको र राष्ट्रिय रुपमा नगरपालिकाको बेइज्जत हुन थालेपछि आफूहरुले फोहोर उठाएको अर्जुनजंग शाहले बताए । उनका अनुसार नगरपालिका दुर्गन्धित बन्दै गएपछि व्यक्तिगत लगानीमा फोहोर उठाइएको हो । फोहोर संकलनमा सहभागी अर्का युवा सन्जु पन्त नगरपालिका थप फोहोर नहोस र अझै राष्ट्रिय रुपमा बेइज्जती सहन नपरोस् भनेर कुचो बोकेर सडकमा आएको बताए । फोहोर नउठेको धेरै भयो ।यसको विषयमा काठमाडौँमा समेत कुरा उठ्न थाल्यो,’ उनले भने,‘ विहान साथीहरुसँग सल्लाह भयो ।

अरु साथीहरुले पनि तयार भए । दिनभर गरेर दर्जनौ युवा तयार भए । अनि फोहोर संकलन सुरु गरेका हौँ ।’ कोहलपुर नगरपालिकाको गम्भीर लापरबाहीका कारण पछिल्लो समय कोहलपुर नगरपालिका दुर्गन्धित बन्दै गएको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ५ गते शनिबार