कोहलपुर : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका बरालको अध्यक्षतामा प्रदेश पदाधिकारी चयन गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको प्रथम पूर्ण बैठकबाट प्रदेश पदाधिकारी सर्वसम्मत चयन गरिएको थियो । बैठकमा उपाध्यक्षमा दुर्गा थारु, लुमाकान्त न्यौपाने र बीरबहादुर खत्री चयन भएका छन् । यस्तै सचिवमा कृष्ण अधिकारीलाई चयन गरिएको छ । लुम्बिनी प्रदेश समितिको प्रथम पूर्ण बैठकबाट सहसचिवमा अकलबहादुर बम, काशिराम यादव र पार्वती बिक चयन भएका छन् भने प्रदेश कोषाध्यक्षमा निर्दोष अलिलाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्