आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा अख्तियारको नियन्त्रणमा



आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

शर्माले राजश्व हिनामिना गरेको उजुरी परेको र प्रारम्भिक अनुसन्धानबाट उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि शर्मालाई लाजिम्पाटस्थित उनको कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

रिजालका अनुसार अख्तियारले समिति बनाएर आजैदेखि थापामाथि अनुसन्धान शुरु गरेको छ ।

– himalkhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ १९ गते शुक्रबार