बाँसगढीमा जारी महोत्सवमा आज गायक कुलेन्द्र विश्वकर्मा आउँदै



मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा बर्दिया महोत्सव–२०७८ सुरु भएको छ । वाइवाई पाँचौ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार मेलाको एक कार्यक्रमका बीच नगरप्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका छन् ।

उनले महोत्सवले स्थानीय संस्कृतिको संरक्षणका लागि, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरुको प्रचारप्रसारसँगै देश बाहिर निर्यात गर्नसके आर्थिक विकासमा टेवा पुग्छ । ‘महोत्सव मनोरञ्जनका लागि मात्र होइन । यसलाई पर्यटन, कृषि तथा व्यापारको विकास र प्रवद्र्धनको आधारका रुपमा लिनुपर्छ ।

यसलाई सम्पन्न गर्नु हामी सबैको दायित्व हो,’ उनले भने । आयोजक बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुले भने केवल मनोरञ्जनका लागि मात्रै नभएर सामाजिक कार्य गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । यस्तै महोत्सवपछि बर्दियावासीलाई सञ्चार क्षेत्रमा पहु“च पु¥याउन पनि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

उनका अनुसार मेलामा एक सय ५० वटा स्टल राखिएको छ । मेलामा स्थानीय उत्पादन, दैनिक उपभोग्य सामान, अटो मोबाइल, कृषिजन्य वस्तु तथा जडीबुटी प्रदर्शनका लागि राखिएको छ । यस्तै ग्रामेन्ट, जुत्ता, गलैँचा तथा पश्मिना, हस्तकला तथा छालाका सामानहरु, निर्माण सामग्री, सूचना प्रविधि, पर्यटन, शैक्षिक संस्था, थारु गाउ“ र खानाको परिकारलगायतका प्रर्दशनीमा राखिएको छ ।

आज यी कलाकारको प्रस्तुति

महोत्सवको दोस्रो दिन चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै गायिका सोनु कुश्मी, मोडल सदीक्षा चौधरी र मोडल विवश चौधरीको समेत प्रस्तुति रहने छ ।

बर्दिया महोत्सवको दोस्रो दिन लोक दोहोरीका साथै थारु नृत्य विशेष आकर्षणका रुपमा रहेका छन् । यस्तै थुप्रै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घोषकका रुपमा गायिका उमादेवी खनाल र कोष खड्का रहने छन् ।

वाइवाई पाँचौ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार मेला बर्दिया महोत्सव–२०७८ आगामी फागुन २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार