26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

देशभर थपिए ४३४४ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ४ हजार ३४४ जना व्यक्तिमा कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएको हो ।

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । देशभर बुधबार ८० हजार ३३६ सक्रिय संक्रमित रहेका थिए ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको थियो । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना संक्रमित निको भएका थिए । निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     8:03:25 AM  |