20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुर बसपार्कमा पुरूषको शव फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २०, २०८०  

कोहलपुर ।

कोहलपुर बसपार्कमा बुधबार बिहान भेटिएको शवको पहिचान खुल्न सकेको छैन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।

बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी ३६/३७ वर्षको पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उक्त लाशको अहिलेसम्म पहिचान हुन नसकेको तिवारीले बताए ।

शवलाई भेरी अस्पताल नेपालगंजमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले शवको पहिचानकालागि सार्वजनिक रुपमा सूचना समेत जारी गरेको छ ।

प्रकाशित मितिः बुधबार, असार २०, २०८०     4:18:54 PM  |