‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरेर नेपालमा भारतबाट दुई लाख सात हजार थान ९स्ट्रिम० गुलाफको फूल ल्याउने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फान० ले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरी उक्त फूल ल्याउन लागेको हो ।
भारतबाट दुई लाख सात हजार थान गुलाफको फूल मगाइसकिएको छ । एक करोड रुपैयाँको गुलाफ भारतबाट ल्याउने तयारी भएको फानका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
गुलाफको फूल १० प्रतिशत माग नेपालमा उत्पादन हुन्छ भने बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गरिएको छ । यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलाफको फूल बजारमा आउने छ ।
यस वर्ष गुलाफको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् ।
यसकारण यस वर्षको भ्यालेनटाइ डेमा गत वर्षको भन्दा बढी गुलाफको माग हुने हाम्रो अनुमान हो,’ अध्यक्ष तामाङले भने । गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलाफको फूल बिक्री भएको थियो ।










प्रतिक्रिया दिनुहोस्