वीरेन्द्रनगरमा एकैघरका चारजना मृत फेला



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा एकैघरका चार जनाको मृत्यु भएको छ । घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा निसासिएर उहाँहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।

जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

घटना अस्ति शुक्रवार रातिकै भए पनि हिजो बेलुका मात्रै थाँहा भएको थियो । हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २ गते आइतबार