नयाँ वर्षमा समुद्र बीचमा पतिसँग प्रेमालाप गर्दै नायिका प्रियंका



वैवाहिक सम्बन्धबारे बेलाबेला चर्चामा आइरहने बलिउड अभिनेत्री प्रियंका चोपडाले नयाँ वर्ष सन् २०२२ का अवसरमा रोमान्टिक तस्बिर सार्वजनिक गरेकी छन्।

नायिका प्रियंकाले पति निक जोनसँग समुद्रको बीचमा रहेको याटमा प्रेमालाप गरिरहेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

उनले नयाँ वर्षको सुरुवात प्रेमपूर्ण ढंगले गरेको बुझ्न सकिन्छ।

नायिका प्रियंकाले नयाँ वर्षको शुभकामना दिँदै सोमबार रोमान्टिक तस्बिर सार्वजनिक गरेकी हुन्।

उनले सार्वजनिक गरेका थप तस्बिर–

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १९ गते सोमबार