चट्याङ् लागेर महिलाको मृत्यु



कोहलपुर, २८ बैशाख /  बुधबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । नुहाएर कपडा सुकाउने क्रममा बिहान साढे ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज २० नयाँवस्ती थपुवाकी २७ वर्षिया कमला रावलको मृत्यु भएको हो ।
चट्याङ् लागेर घाइते भएकी रावलको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा पौने ८ बजे मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि शव परिवारलाई बुझाइएको प्रहरीको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २८ गते बिहीबार