एमाले बाँकेको ईन्चार्जमा युवा नेता सूर्य ढकाल



कोहलपुर ।

नेकपा एमाले बाँकेको ईन्चार्जमा युवा नेता सूर्य ढकाल चयन भएका छन् । नेकपा एमालेको दोस्रो केन्द्रिय समिति बैठकले ढकाललाई आइतबार बाँके ईन्चार्जको जिम्मेवारी दिएको हो ।

चितवनमा भएको एमालेको दशौं महाधिवेशनबाट ढकाल एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । एमाले बाँकेका निवर्तमान अध्यक्ष समेत रहेका उनी अहिले बाँके जिल्ला ईन्चार्ज तोकिएका हुन् ।

अनेरास्ववियु र युवा संघको केन्द्रीय राजनीति हुँदै ढकाल नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार