कोहलपुर, २३ बैशाख / बाँकेमा दाईले बहिनीलाई पटक पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उपचार गर्ने बहानामा बहिनीलाई भारत लगेर डेढ महिनादेखि बलात्कार गरेको भन्दै महिलाले जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
३१ वर्षिय पीडक र २८ वर्षिया पीडित सौताका छोराछोरी हुन् । दुबै विवाहित हुन् । पीडकलाई पक्राउ गरी हाडनाता करणी मुद्दा दायर गरेर थप अनुसन्धान भैरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घटनाको गोप्य रुपमा सुक्ष्म अनुसन्धान भैरहेको उनले बताए ।
प्रकाशित मिति : २०७४ वैशाख २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्