मुस्लिम पत्रकारको शुभकामना आदानप्रदान



कोहलपुर, ३ बैशाख / नेपाल मुस्लिम पत्रकार क्लव बाँकेले शनिबार नवबर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले मुस्लिम पत्रकारहरुले मुस्लिम समुदायको संस्कृती तथा विकास संगै पत्रकारिता क्षेत्रमा पनि मुस्लिम महिलाहरुलाइ पनि ल्याउनुपर्ने बताए । थारुले मुस्लिम पत्रकारहरुले समूदायका समस्या, समाधान र विकाससंग जोडेर आएका विषयलाइ प्राथमिकतामा राखि समाचार संप्रेशण गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य सघ बाँकेका अध्यक्ष नन्दलाल वैश्य, अधिबक्ता तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विशवजित तिवारी, नेपाल पत्रकार महासघ बााकेका अध्यक्ष रुद्र सुवेदी, पूर्व अध्यक्ष निरज गौतम, शुक्रऋषी चौलागाई लगायत समपूर्ण पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख ३ गते आइतबार