महाकालीमा फसेका ५ जनाको उद्दारका लागि उडेको हेलिकोप्टर धनगढी फर्कियो



कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटी मा फसेका ५ जनाको उद्दार गर्न सुर्खेतबाट आएको हेलिकोप्टर धनगढीमा अवतरण भएको छ।

खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र पुग्न नसकेपछि धनगढीमा अवतरण गरिएको हो।

सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमले कंचनपुर पुग्न नसकेको बताए।

हेलिकोप्टरले कैलालीको मोहन्यालमा फसेका दुइ जनाको पनि उद्धार गर्ने तयारी गरिरहेको छ। तर खराब मौसमले मोहन्यालका लागि हेलिकोप्टर उड्न सकेको छैन।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार