जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सारी छली गरेर नेपाल भित्र्याउँदै गरेका विभिन्न सामानहरु बरामद गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० विद्यूत कार्यालय नजिकैबाट प्रहरीले भन्सार छली गरेका ल्याइएका सामानहरु बरामद गरेको हो ।
भन्सार छली गरेर ल्याएका सामानहरुको मूल्य एक लाख रुपैयाँ बढि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक
(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त भन्सार छलीको सामान बरामद गरेको थियो । बरामद गरेको सामानमा लत्ताकपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायत रहेका छन् ।
ती सामानहरुको अन्दाजी मूल्य एक लाख ४ हजार ८ सय रुपैयाँ रहेको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्