बाँकेमा थप २४ जनामा कोरोना संक्रमण



कोहलपुर  बाँकेमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ८४ नमूना परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ५६ नमूना परिक्षण गर्दा २० र बागेश्वरी प्रयोगशालामा २८ नमूना परिक्षण गर्दा ४ जना गरी थप २४ जनामा भाइरस संक्रमण देखिएको जनाएको छ । केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बुधबार पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । बाँकेका ७ महिना र ७ जना पुरुष रहेको केन्द्रले जनाएको छ ।

बाँकेका १४ जनामा १२ जना कोहलपुर नगरपालिकाका हुन् । अन्य दुई जना नेपालगञ्ज र खजुराका रहेको ओलीको भनाइ छ । यो सँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ३६ पुगेको छ । बाँकेमा थप ७ जना डिस्चार्ज भएका छ्न । यो सँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ९६ पुगेको छ ।जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १५८ रहेको ओलीले बताए । सिकिस्त बिरामीको संख्या २२ छ भने मध्यम बिरामी ३१ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो समय बाँकेमा निरन्तर कोरोना संक्रमित थपिए रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार