भवानीपुरमा ‘नार्कोलिक्स पुनःस्थापना केन्द्र’ सञ्चालन



कोहलपुर,  बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ९ भवानीपुरमा पुनःस्थापना केन्द्र सञ्चालनमा आएको छ । समाजमा गम्भीर समस्याका रुपमा रहेको लागू औषध दुव्र्यसनका विरुद्ध काम गर्ने उद्देश्यका साथ केन्द्रको स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले नार्कोलिक्स पुनःस्थपना केन्द्र नाम सामाजिक संस्थाको उद्घाटन गरेका थिए । प्रमुख रावतले रिवन काट्दै संस्थाको अवलोकन गरेसँगै सस्थाले औपचारिक सेवा शुरु गरेको हो । उक्त अवसरमा बोल्दै उनले आफ्नो निहित स्वार्थका लागि असंख्या रुपमा व्यापारिक गतिविधि सञ्चालन भइरहेको समयमा समाजको गम्भीर विषयमा काम गर्ने उद्देश्यका साथ संस्था स्थापना हुनु राम्रो कुरा भएको बताए ।

उनका अनुसार युवाहरुको समूह मिलेर खोलेको पुनःस्थापना केन्द्र बास्तवमा सेवाभावका साथ उत्कृष्ट काम गर्ने विस्वास व्यक्त गरिएको छ ।उनले सामाजिक सेवा गर्ने उद्देश्य लिएर केन्द्रको स्थापना हुनु धेरैको लागि सिकाइ समेत भएको बताए ।

विशेष गरेर युवा वर्ग लागू औषधको दुव्र्यसनमा फसेको भन्दै त्यस विरुद्ध संस्थाले काम गर्नुपर्ने प्रमुख रावतको भनाइ थियो ।उनले पवित्र कामको लागि खोलिएको केन्द्रलाई नगरपालिकाको तर्फबाट हुने सहयोग गर्न आफू सदैब तयार रहेको बताएका हुन् ।

नार्कोलिक्स पुनःस्थपना केन्द्रका अध्यक्ष रोशन आचार्यले लागू औषधको दुव्र्यसनमा फसेकाहरुलाई समाज मै पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी दिए ।
यस्तै केन्द्रले लागू औषधमा फसेकाहरुलाई स्वाबलम्बी बन्न सिकाउने, अकाल मृत्यु हुनबाट जोगाउने र उनीहरुको रोजगारी लगायतका सीप,ज्ञान अभिवृद्धि गर्नको लागि जनजागरणमुलक कार्यक्रम सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष आचार्यले बताए ।

‘लागू औषध न्युनिकरण गर्नको लागि केन्द्रको स्थापना गरिएको हो । यसमा हामीले लागू औषध दुव्र्यसनमा फसेकाहरुलाई उद्धार गछौँ । उनीहरुलाई विभिन्न किसिमका सीप सिकाउनुका लागि स्वाबलम्बी समेत बनाउँछौँ । ’ उक्त अवसरमा बोल्दै अध्यक्ष आचार्यले भने ।
अहिले नार्कोलिक्स पुनःस्थपना केन्द्रमा १४ जना लागू औषध प्रयोगकर्ता पुनःस्थापित हुने चरणमा रहेको केन्द्रका काउन्सिलर सर्वन सेनले बताए ।

उनका अनुसार उनीहरु २२ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु सबै पुरुष हुन् । सेनले साथीसँगको कुसंगत, पारिवारिक बेमेल र पढाईमा असफलता लगायतका कारण लागू औषधको दुव्र्यसनमा फस्ने गरेको जानकारी दिए । नार्कोलिक्स पुनःस्थपना केन्द्रको बासु थापा क्षेत्री कार्यालय प्रमुख र थाने पुन मगर कार्यक्रम संयोजकका रुपमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार