कोहलपुरबाट एक फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी मुद्दामा कैद फैसला तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका, १२ चपरगौडीका १७ वर्षीय प्रवेश गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले जानकारी दिए ।

गिरीलाई नकवजनी चोरी मुद्दामा जिल्ला अदालत बाँकेले २०७३ भदौ १९ गते ५ दिन कैद तोकेको थियो । सोही बेलादेखि फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको डिएसपी न्यौपानेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार