बर्दिया : नदी र खोलामा नुहाउन गएका तीनजना बर्दियामा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गेरुवा गाउँपालिका ६ का १४ वर्षीय सञ्जीव विक र उनको ८ वर्षीया बहिनी दिलमाया रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
बिककी दाजुबहिनी शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । नदीमा बेपत्ता भएको जानकारी उनीहरुसँग गएका साथीले गराएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसैगरी राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी पनि बेपत्ता भएकी छन् ।
तीन जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिपरे पनि फेला परेका छैनन् । तीनै जनाको खोजी कार्य जारी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । उनीहरुको खोजीको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीहरु लागिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्