कोहलपुरमा निजी भौतिक रुपमा विद्यालय सञ्चालन



डिल्ली शाही ।

बाँकेको कोहलपुरमा भौतिक रुपमा विद्यालय सञ्चालन गरेका छन् । कोहलपुर नगरपालिकामा लुकिछिपी निजी विद्यालयहरु भौतिक रुपमा संचालन भएका छन् । यस्तै कोहलपुरमा भएका निजी विद्यालयहरुले जिल्ला समन्वय समिति र कोहलपुर नगर शिक्षाले विद्यालय संचालन नगर्नु भनी निर्देशन दिएको छ । त्यसलाई अवेज्ञा गर्दै निजी विद्यालयहरुले लुकिछिपी भौतिक रुपमा विद्यालय संचालन गरेका छन् ।

कोहलपुर नगर शिक्षा शाखाले मिति २०७८ असार २२ गतेका दिन कोहलपुरमा भएको कुनै पनि सामुदायिक, निजी विद्यालय, ट्यूसन सेन्टर, कलेज र तालिमहरु सञ्चालन नगर्ने भनि नगर शिक्षाले सूचना जारि गरेको थियो । कोहलपुर नगर शिक्षा शाखामा पनि विभिन्न विद्यार्थी संगठनहरुले समेत विज्ञेप्ती मार्फत भौतिक रुपमा विद्यालय सञ्चालन गरिरहेकोले बन्द गर्नका लागि ध्यानाकर्षण गराएका थिए । सोही अनुसार नगर शिक्षा शाखाले सूचना जारी गरेको थियो ।

यस्तै जिल्ला समन्वय समिति बाँकेका प्रमुख राम सुरेस यादवले पनि साउन १ गतेका दिनमा पनि संस्थागत विद्यालयहरुलाई केन्द्रित रहेर सूचना जारी गरेका थिए । सो सूचनामा भनेको थियो, सबै बालबालिकाकाहरु पठनपाठनमा पहुँच नपुगेको, विभिन्न शिर्षकको नाममा र विद्यालय संचालन नभएको अवस्थामा पनि विद्यार्थीहरुबाट लिएको चर्को रकम अभिभावकलाई र्फिता गर्न भनी सूचना जारी गरेको थियो ।

यस्तै अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरेले निजी विद्यालयहरुले लुकिछिपी तरिकाले विद्यालय सञ्चालन गरेको प्रति उनले असुन्तष्टि व्यक्त गरेका छन् । उनका अनुसार हाम्रो संगठनले विगतदेखि नै नगर शिक्षालाई ध्याकनाकर्षण पत्र बुझाएका पनि थियो तर सुनुवाई नभएको बताए । निजी विद्यालयहरुको समस्या हामीले पनि बुझेका छौ तर सरोकारवाला सबैले निर्णय गरेर मात्र विद्यालय संचालन गर्दा अति उत्तम हुने उनको भनाई थियो ।

यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राजेन्द्र विष्टका अनुसार कोहलपुरमा केही विद्यालयहरु भौतिक रुपमा सञ्चालन गरेको पाएको
बताए । ‘तर नेपालमा सबै अन्य क्षेत्रहरु सञ्चालन हुने तर शिक्षण संस्थामा मात्र सञ्चालन नहुने भन्ने हुँदैन, ‘विद्यार्थीहरुलाई कोभिड विरुद्धको खोप लगाई भौतिक रुपमा विद्यालय संचालन गर्नुपर्दछ’ उनले भने ।

यस्तै क्रिसा बाँकेका पूर्वअध्यक्ष शिव डाँगीले लुकिछिपी भौतिक रुपमा विद्यालय संचालन नगर्ने नै निर्देशन दिएको बताए । उनका अनुसार कोहलपुरमा यहि १० गतेबाट खोप लगाउने काम सुरु गर्न थालेको छ उनले भने सो खोप लगाईसकेपछि विद्यालय भौतिक रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । ‘शिक्षा क्षेत्र लामोसमयदेखि नजरबन्द जस्तो भयो ।’ उनले भने ‘अझै निजी विद्यालय त झन् डामाडोल भयो ।’

‘पठनपाठन भएको छैन भन्दै अभिभावकले शुल्क दिन नमान्ने उता शिक्षकलाई त्यहि तलब नभएपछि चुलो नबल्ने समस्या छ’ उनले थपे, यसको लागि सरोकारवालाहरुले छलफल गर्नुपर्ने आवश्यक देखिएको छ ।

उनका अनुसार लुकिछिपी विद्यालय संचालन गर्नुभन्दा नियमसंगतले विद्यालय संचालन गर्नुपर्ने डाँगीको भनाई थियो । यो विषयमा अब जिल्ला प्रमुख अधिकारीसंग कुराकानी गरी कोरोना खोपपछि विद्यालय भौतिक रुपमा संचालन गर्नुपर्ने उनको भनाई थियो । कोहलपुर नगरपालिकामा ३० वटा सामुदायिक विद्यालय र ५८ वटा निजी विद्यालय रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार