सर्वोच्चको आदेशपछि कमल थापाले भने: गोरु ब्यायो



काठमाडौं

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा टिप्पणी गरेका छन्।

आज सर्वोच्च अदालतको संवैंधानिक इजलासले कुनै फरक मतविना प्रतिनिधिसभा पुनर्स्थपना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो।

प्रधानमन्त्री ओलीका कदमलाई समर्थन गर्दै आएका राप्रपाका अध्यक्ष थापाले पार्टीका पूर्व नेता राजेश्वर देवकोटाको भनाइ उदृत गर्दै अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन्।

‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ उनले ट्विट गरेका छन्।’

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार