अनेरास्ववियू बाँकेका पालिका संयोजकहरुको सपथ ग्रहण सम्पन्न



कोहलपुर : नेकपा एमालेका भातृ संगठन अनेरास्ववियू बाँकेले पालिका संयोजकहरुको सपथ ग्रहण सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच ८ वटै पालिका स्तरिय संयोजक,सह संयोजकको सपथ ग्रहण कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम प्रभात मा. वि.जि गाउँ सम्पन्न गरेको हो अनेरास्ववियू बाँकेका अध्यक्ष दिनेश के.सी.को अध्यक्षता र नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।


उक्त अवसरमा शिक्षामा मार्क्सवाद र जबजको भुमिका,पार्टी र जनवर्गीय संगठनको अन्तरसम्बन्ध,परिवर्तित समयमा विद्यार्थी राजनीतिको आवश्यकता,संगठनभित्र अनुशासन को आवश्यकता बिषयमा प्रशिक्षण समेत सम्पन्न भएको अनेरास्ववियू बाँकेले जनाएको छ ।

अध्यक्ष के.सी.का अनुसार उक्त अवसरमा चौथो पूर्ण बैठकको अवसरममा जिम्मेवारी तोकिएका संयोजक र सह संयोजकहरुको सपथ ग्रहण सम्पन्न भएको हो । उनले आगामी खिनमा दिनुभएको थियो। अब उनीहरुले पालिकाका प्रत्येक क्याम्पस,विद्यालयमा अनेरास्ववियुको कमिटी गठन गर्नुपर्ने निर्देशन दिनुभएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २० गते आइतबार