कोहलपुर अखिल नेपाल युवक संघ र राष्टिय जनमोर्चा बाँकेले महामारीको समयमा राजनीतिक अस्थिरता निम्त्याउने सरकारी निर्णय र कदम सच्याउन माग गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै स्वच्छचारी र असंवैधानिक कदम सच्याउन माग गरेका हुन् । देशको गणतन्त्र, राष्टिय तथा प्राकृतिक स्रोतमाथि भइरहेको खतराका विरुद्ध प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
बुँदा नम्बर १ मा लोकतान्त्रिक मूल्य र मान्यता विपरित, असंवैधानिक ढंगले संसद विघठन गरी स्वच्छचारी तरिकाले शासन चलाउने कार्यको भत्र्संना गरिएको छ । उक्त ज्ञापन पत्रमा,‘ स्वास्थ्य क्षेत्र माफियाको हातमा रहेको, काभिड–१९ को बेला पैसा असुल्ने तर उपचारमा ध्यान नदिएको र सम्पूर्ण नागरिकलाई उचित राहतको व्यवस्था गर्नुपर्ने र नागरिकता नीतिलाई खुकुलो बनाउँदै विदेशी नागरिकलाई नेपाली नागरिकताका लागि सहज बनाउने’ जस्ता कदम खारेज गरिनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै सरकारले चुरे दोहन र गिट्टी र बालुवाको भारत निकासीलाई सहज बनाउने गरी संस्थागत निर्णय भएको र यसले देशलाई मरुभूमिकरण गर्नुका साथै मानव र प्रकृतिमाथि गम्भीर असर पार्ने देखिएकोले निर्णय सच्याउन माग गरिएको हो । ज्ञापन पत्रको अन्त्यमा उत्पादनमुलक र व्यवहारिक शिक्षा पद्धतीको विकास गरि युवालाई रोजगारीको ज्ञारेन्टी गर्न माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्