काठमाडौं ।
नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुलेको छ । कोरोना विरुद्धको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार लाखौं डोज सुनिश्चित गरेर ट्रायल गर्न स्पोन्सर कम्पनी आह्वान गर्नुंपर्नेछ ।
हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता खोपको सफल परीक्षण गरेकाले कोरोना खोप ट्रायलको अधिकार एनएचआरसी दिनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्