लुम्बिनीमा विपक्षीले गरे बजेटमाथिको छलफल बहिष्कार



बुटवल : लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेशसभा बैठक बहिष्कार गरेको छ । अल्पमतले ल्याएको बजेट छलफल आवश्यक नभएको भन्दै विपक्षीले बहिष्कार गरेका हुन्।

लुम्बिनीमा सरकारको वैधतामाथि विपक्षीले प्रश्न उठाएका हुन् । विपक्षीले बहिष्कार गरेपछि प्रदेशसभा बैठक केही समयका लागि लागि स्थगित भएको छ ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।

उनले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार