मौसममा सामान्य सुधार, पानी कम परेपनि हटेको छैन जोखिम



कोहलपुर ।

केही दिनयताको तुलनामा शनिवार मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा शनिवार मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी गरेको थियो । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लागेको र केही ठाउँमा पानी समेत परेको मौसमविद् सापकोटाले बताए ।

शनिवार वाग्मती र प्रदेश–१ का एक÷दुई ठाउँमा ठूलो पानी परेको थियो । अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

शनिवार समेत देशका विभिन्न नदीहरुमा ठूलो बाढी आएको थियो । त्यसैले कम पानी परेपनि जोखिम भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा सामान्य सुधार आएपनि जोखिम कायमै रहेकोले सर्तकता अपनाउँन आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार