सुर्खेत ।
पटक गर्धन (घाँटी)को मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ । भ¥याङबाट खसेर गर्धनको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको सफल शल्यक्रिया भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको थियो । अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले सफल शल्यक्रिया गरेका हुन् ।
‘अस्पताल ल्याउने बेलामा छोराको दायाँ हात र दायाँ खुट्टा चल्दैनथ्यो । राम्रोसित बोल्न सक्दैनथ्यो । छोरा बाँच्दैन जस्तो लागेको थियो । आशा मारिसकेका थियौँ । तर कर्णाली अस्पतालका डाक्टर साबले छोरो बचाइदिनुभयो’ लोकबहादुरका बुवा खुमिलालले भने । उपचारका लागि कर्णाली प्रतिष्ठानमा नल्याएको भए छोरो जीवनभर अपांग भएर बस्नुपर्ने या त जीवन नै तलमाथि हुनसक्ने अवस्था रहेको उनले बताए । जेठ ३ गते अस्पताल भर्ना भएका लोकबहादुर उपचारपछि अहिले हिँड्डुल गर्न सक्ने भएका छन् ।
बोल्न सक्छन् । ‘कर्णाली अस्पताल नआएको भए जीवन नै बर्बाद हुने थियो । चिकित्सकको अथक मेहनतका कारण आफ्नो जीवन बाँचेको भन्दै निकै खुशी भए’ खुमिलाले । लोकबहादुरले भ¥याङबाट खसेपछि गाउँको मेडिकलमा तीन दिन उपचार गराएका थिए । मेडिकलले दिएको औषधि प्रयोग गरे । ‘सुई लगाइदिएको थियो । त्यहाँ सुधार नहुने भएपछि प्रतिष्ठानसम्म ल्यायौँ। सुरुमा त छोरा बाँच्छ जस्तो लागेको थिएन । बाँचेको खण्डमा पनि अपांग हुन्छ जस्तो थियो ।
तर पहिलेको अवस्थामा फर्किएको देख्दा निकै खुसि छु’ खुमिलालले भने । हाडजोर्नी विशेषज्ञ डा. रोकाया यो जुम्ला अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउँछन् । उनले भने, ‘कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको अप्रेशन भएको थिएन । यो पहिलो
हो । निकै जटिल शल्याक्रिया गरेर बिरामी निको भएका छन् । हामी यसैमा खुशी छौँ ।’ उनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण जिल्लामा निषेधाज्ञा लगाइएको थियो । बिरामीलाई एमआरआई गर्नु पर्ने थियो । कर्णाली अस्पतालमा एमआरआई छैन ।
बिरामीलाई बाहिरको अस्पतालसम्म पुग्न पनि कठिन हुने भयो । निकै ठुलो चुनौतीको सामाना गरेर बिरामीको सफल अप्रेशन भएको हो । प्रतिष्ठानको शिक्षण अस्पतालमा निषेधाज्ञाका बीचमा हाडजोर्नीका ३८ अप्रेशन भएका छन् । जसमा २७ जना जुम्लाको र ११ जना कालिकोटका छन् । डा. रोकायाले भने, ‘यो अप्रेशनमा नर्सिङ, आइसीयू, एनस्थेसिया र रेडियोलोजी विभागले साथ दिएका थिए । उनीहरु सबै धन्यवादका पात्र हुन् ।’









प्रतिक्रिया दिनुहोस्