नारायणी नदी खतराको तहभन्दा माथि



मंगलबार नारायणी नदीमा पानीको तह अहिले सम्मकै सबैभन्दा बढी पुगेको छ। नारायणी नदीमा पानीको बहावले खतराको विन्दु पार गरेको हाे।यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।

केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।नदीमा पानीको वहाब वढेसँगै जिल्ला आपतकालीन सञ्चालन केन्द्रको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ।

नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।बि एल

  • No tags available
प्रकाशित मिति : २०७८ असार २ गते बुधबार