बोकासहित युवाहरूको प्रदर्शन



मोरङ – ‘हामी विदेशी बोका होइनौँ, नेपाली बोका हौँ,’ ‘हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न,’ ‘हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस् ।’ सोमबार दिउँसो मोरङको बेलबारी नगरपालिकाको गेटमा बेलबारीका युवाहरु बोकाको घाँटीमा यिनै प्लेकार्ड टाँसेर विरोधमा उत्रिएका थिए ।

 

प्रसंग रहेछ- बोयर जातको बोका । अष्ट्रेलियाबाट आयात गरेको भनि नगरपालिकाले नवलपरासीको बोयर बोका ल्याएर किसानको आँखामा छारो हालेको रहेछ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनि नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको भेटिएको छ। नगरपालिकाले अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । तर, सेटिङ रचिएको कुरा थाहा पाएपछि सोमबार दिउँसो नगरपालिकाको गेटमा बोकासहित प्रदर्शन उत्रिए ।

प्रदर्शनका क्रममा एक युवाले भने, ‘दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरूलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा वितरण गरेको भन्दै किसानहरूको आँखामा छा रो हालेको हो । यसमा १ करोड बढी नगरपालिकाले भ्र ष्टाचार गरेको देखिए पछि हामी सचेत युवाहरूले द बाबमूलक कार्यक्रम गरेका हौँ ।’ती युवाले आफ्नो समूहले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत दिइसकेको बताएका छन् । उनका अुनसार नवलपरासीबाट बोका ल्याएर अस्ट्रेलियन बोयर भनेर भ्र ष्टाचार गर्न पाइँदैन, गर्न दिन्नौँ ।अनु खबर

  • No tags available
प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार