७ वर्षीया एडल्ट स्टार डकोटा स्काइको निधन भएको छ । लस एन्जलस स्थित आफ्नै घरमा उनी मृत भेटिएकी हुन् । उनको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।
रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् ।
हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् ।
उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।
तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ ।
यस बिषयमा पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । तर निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो ।
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्