स्याङ्जा ।
केही दिनयतादेखि लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प भएको छ ।
स्याङ्जा–पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको छ ।
पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उनले बताए । बिहानदेखि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने डीएसपी अधिकारीले जानकारी दिए।
भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्