वाईसिएल बाँकेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा योङ्ग कम्युनिस्ट लिग नेपाल बाँकेले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार गरिएको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका थिए ।

कोरोना भाइरसको दोस्रो लहरसँगै देखिएको रगतको अभाव पुर्ती गर्न लागिएको योङ्ग कम्युनिस्ट लिग नेपाल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए ।

‘तीन प्रदेश रिफरल अस्पतालको रुपमा रहेको भेरी लगायतका अस्पतालमा रहेका विरामीहरुलाई रगत अभाव नहोस् भनेर रक्तदानको आयोजना गरेका हौं’ उनले भने, ‘युवाहरुको उल्लेखिय उपस्थिती रहेको थियो । १ सय ५ जनाले रक्तदान गर्नुभयो ।’

सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगञ्ज उपमहानगर इन्चार्ज अक्कल बहदुर बमले युवाहरुले गरेको यो कार्य एकदमै सह्रानीय रहेको बताए ।

‘सर्वसाधारणले रगत नपाएर अकालमा मृत्युु हुनुपरेको धेरै घटना सुन्नमा आउँछ’ उनले भने, ‘त्यसैले सर्वसाधारण, पहुँच नभएकाहरुलाई रगत सजिलै उपलब्ध गराउन यो रक्तदान कार्यक्रमले सघाउ पु¥याउँछ ।

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रम सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जले गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार