पोखरा – नेपाली कांग्रेसले गण्डकीमा सत्ता यात्रा सुरु गरेको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको नियुक्ति संगै कांग्रेस प्रदेशको सत्तामा पुगेको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३।०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार दाबी पेश गर्नु भएको थियो ।
नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बन्नु भएको हो ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि शनिबार दाबी पेश गरे पछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका थिए ।
मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश ९क० बाट विजयी बन्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्