बर्दियाको बाँसगढी नगरपालिका, ५ प्रगतीनगरमा बिहीबार साँझ भयानक सवारी दुर्घटना भएको छ । मानवीय क्षती नभएपनि सवारी दुर्घटना भने भयानक भएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
बिहीबार साँझपख बर्दियाको हुलाकी राजमार्ग रहेको मैनापोखरबाट बाँसगढीतर्फ आइरहेको बा २० च १६३३ नम्बरको कारले प्रगतीनगरमा चार साइकल र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।
चार साइकललाई ठक्कर दिएर अगाडी बढेको कारले मोटरसाइकलालई समेत ठक्कर दिएको स्थानीयहरु बताउँछन् । ठक्करबाट साइकलमा सवार आमाछोरा घाइते भएका थिए ।
सामान्य घाइते आमाको स्थानीय अस्पतालमा उपचार पश्चात घर फर्किसकेका छन् भने छोराको भने थप उपचार लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो ।
दुर्घटनाको प्रकृती हेर्दा भयानक दुर्घटना भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
मिसन संवाददाता मधुर पौडेलले खिचेका केही दुर्घटना स्थलका तस्बिर













प्रतिक्रिया दिनुहोस्