यसरी खस्यो रोकिराखेको बसमाथि ५ तल्ले भवन, ९ जनाको मृत्यु (भिडियो)



फोटो : Reuters Via BBC

फोटो : Reuters Via BBC

दक्षिण कोरियाको दक्षिणी शहर ग्वाङ्जुमा रोकिराखेको बसमाथि अचानक पाँच तल्ले भवन बज्रिँदा ९ जना यात्रुको मृत्यु भएको छ।

उक्त बसमा १७ जना यात्रु रहेको बताइएको छ। बाँकी ८ जना यात्रु गम्भीर घाइते भएको कोरियका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बुधवार दिउँसो रोकिरहेको अवस्थामा बसमाथि नजिकै रहेको पाँच तल्ले भवन बज्रिएको थियो। बस त्यहाँ किन रोकिराखेको थियो र उक्त भवन कसरी ढल्यो भनेर खुलेको छैन।

राष्ट्रपति मुन जाइ इनले घटना कसरी भयो भनेर शीघ्र पत्ता लगाउन निर्देशन दिएकी छिन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २७ गते बिहीबार