क्यानडामा मुस्लिम परिवारका चारजनालाई गाडीले किचेर मारे एक व्यक्तिले



एजेन्सी।

क्यानडाको ओन्टारियोमा पैदल हिँडिरहेका मुस्लिम परिवारका पाँचजनालाई एक व्यक्तिले ट्रकले किचेका छन् । घटनामा चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । घाइतेको उपचार चलिरहेको छ ।

परिवार मुसलमान भएकै कारण ती व्यक्तिले तारो बनाएको बताइएको छ । परिवारले मृतक तथा घाइतेको नाम नखोल्न प्रहरीसमक्ष अनुरोध गरेको छ ।

हत्याका आरोपित नाथानियल वेल्टम्यानले पीडितहरूलाई पहिलेदेखि नै चिनेको थिएन । उसले इस्लामिक वस्त्र लगाएको परिवार देखेपछि जातिघृणा व्यक्त गर्दै हत्या गरेको हो ।

हत्या गरेर फरार वेल्टम्यानलाई प्रहरीले एउटा मलको पार्किङ क्षेत्रबाट पक्राउ गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २५ गते मंगलबार