कोहलपुर, भदौ १२
शिखर जडिबुटी सहकारी संस्थाले शनिबार अन्र्तक्रिया तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेको हरितालिका तीजको अवसर पारेर संस्थाले अन्र्तक्रिया र दरखाने कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका सदस्यहरु बिच आत्मियता बढेस भनेर कार्यक्रमको आयोजना गरिएको शिखर जडिबुटी सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्यायले बताए । ‘शिखर सहकारीले फरक काम गर्र्दै रहेक काम फरक तरिकाले गर्दै संस्थाको विकासका लागि यस्ता कार्यक्रम गर्दै जानेछौं’ उनले भने । शिखर जडिबुटी सहकारी संस्थाकी लेखा संयोजक पावर्ती गौतमको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा समूह बनाउने अभियानमा सहयोग पु¥याउने हुने सहकारी कर्मी, घरजग्गा कोषमा सहयोग गर्ने, सुत्केरी सदस्य एवम् नवजात शिशुलाई सम्मान गरिएको
थियो ।
प्रकाशित मिति : २०७३ भदौ १२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्