साधारणसभा सम्पन्न



कोहलपुर, भदौ ४
सिर्जना सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार २१ औं साधारण सभा तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । समूहले आ.व. २०७२÷०७३ मा २६ लाख ८४ हजार ४ सय २२ रुपैंया बराबरको आयव्यय विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा समूहले वन विकास, वृक्षारोपण, संस्थागत विकास, व्यवस्थित बगैचा लगायतका कामहरु गरेको छ । कार्यक्रममा ६ जना छात्रछात्राहरुलाई छात्रबृत्ति रकम उपलब्ध गराएको छ । जनही ६ सयका दरले उक्त छात्रबृत्ति रकम वितरण गरेको हो ।

DSC_0416

कार्यक्रममा जिल्ला वन कार्यालय बाँकेका वन अधिकृत पुष्पराज वर्तौला, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेकी सचिवालय सदस्य केश कुमारी वली, नेकपा एमाले नगर प्रमुख खिल प्रसाद भूसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वनका अध्यक्ष दशरथ पराजुलीको सभापतित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ ४ गते शनिबार