अखिल क्रातिकारी र वाइसीएलद्वारा निरन्तर नि:शुल्क शव ब्यवस्थापन



कोहलपुर । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गर्दै आज भएकाे छ । माओवादी केन्द्र कोहलपुर नगर  कमिटिको पहलमा वाइसीएल र अखिल क्रान्तिकारीको सक्रियतामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको अखिल क्रान्तिकारी जिल्ला कमिटी बाँकेका सचिवालय सदस्य चित्र शाहीले जानकारी दिए।

आज मात्रै सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नं. १ निवासी ३९ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा शव ब्यबस्थापन गरिएको छ। उक्त शव ब्यवस्थापनमा वाइसीएल जिल्ला संयोजक आकाश कार्की,वाइसीएल जिल्ला सदस्य मोतीलाल घर्ती,अखिल क्रान्तिकारी जिल्ला कार्यालय सदस्य,महेश बस्नेत,सचिवालय सदस्य गजेन्द्र घर्ती लगायतको टोलीले शव ब्यवस्थापन गरेको हो।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार