देशभर थपिए ५३१६ संक्रमित



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ७ हजार २ सय २१ जना संक्रमण मुक्त भएका थिए । पछिल्लो २४ घण्टामा थप एक सय १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ९ सय ९३ रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये संस्थागत आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् । देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका १२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६९ जनामा कोरोना संक्रमण देखिएको थियो । सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१÷१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८ जना कोरोना संक्रमित थपिएका थिए । कञ्चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१,कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३,सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै महोत्तरीमा २९, सप्तरी र अछाममा २८÷२८ जना, तनहुँ र दार्चुलामा २३÷२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२÷२२ जना,गुल्मीमा २०,गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५÷१५ जना, दोलखामा १३, पर्सा र प्युठानमा ११÷१ जना तथा रूकुम पश्चिममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७÷७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५÷५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३÷३ जना, रूकुम पुर्व र सल्यानमा २÷२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २० गते बिहीबार